• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो, पूर्वअमेरिकी राष्ट्रपति घाइते



एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पेन्सिल्भेनिया र्‍यालीमा गोली चलेको छ । उनी पेन्सिलभेनियाको बटलरमा स्टेजमा बोल्दै थिए, जब ठूलो आवाज सुनियो ।

विस्फोटको आवाजले ट्रम्प स्टेजमा ढलेका थिए । गोप्य सेवा एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।

एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट हटाए, कारमा राखेर त्यहाँबाट लगे ।

एसोसिएटेड प्रेसले बटलर काउन्टी जिल्ला न्यायधिवक्ता रिचर्ड ए गोल्डिङगरलाई उद्धृत गर्दै ट्रम्पको र्‍यालीमा गोली चलाउने अभियुक्त मारिएको पुष्टि गरेको छ । योसँगै र्‍यालीमा सहभागी एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

अमेरिकी गुप्तचर सेवाले पेन्सिलभेनियामा चुनावी र्‍यालीमा भएको दुर्घटनापछि डोनाल्ड ट्रम्प सुरक्षित रहेको र उनको वरिपरि सुरक्षा व्यवस्था गरिएको जनाएको छ ।