२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात… राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले बस बगाउँदा त्रिशूलीमा खसेका कम्तिमा ४८ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन ।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए । बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लागेको छैन । साँझ करिब ६ बजे उद्दार कार्य स्थगित गरिएको छ ।

अब उद्धार टोलीले भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ ।