१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

संसद् भवनबाट बाहिरिएपछि उहाँ सिधै शीतल निवास पुग्नुभएको हो । उहाँले त्यहाँ राष्ट्रपतिसँग बिदाइ भेट गरेर फर्किनुभएको छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।

शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राख्नुभएको प्रश्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो । तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।