• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

संसद् भवनबाट बाहिरिएपछि उहाँ सिधै शीतल निवास पुग्नुभएको हो । उहाँले त्यहाँ राष्ट्रपतिसँग बिदाइ भेट गरेर फर्किनुभएको छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।

शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राख्नुभएको प्रश्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो । तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।