३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनी ट्र्याप गरेर एक करोड बार्गेनिङ, दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले हनी ट्रयापमा संलग्न २ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत योजनाबद्ध तवरले पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ रहेका छन् ।

अनुसन्धानमा लिला बहादुर तामाङले पीडितलाई सिर्जनासँग साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेको खुलेको छ ।

त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।