१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

पहिरो र कटानले बेनी–जोमसोम सडक चार ठाउँमा अवरुद्ध

पहिरो र कटानले बेनी–जोमसोम सडक चार ठाउँमा अवरुद्ध
अ अ+ अ-

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगङ्गा गाउँपालिकाको छवटा वडामा यातायात सञ्चालन हुन सकेका छैनन् ।

बेनी–जोमसोम सडक आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ । “अन्नपूर्णको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडरलगायत उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौँ ।”

बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने रघुगङ्गा–३ गायत्री मन्दिर नजिकै रघुगङ्गा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सबइन्जिनियर कार्कीले बताउनुभयो । “भिर काटेको पहिरोबाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरो हुन्”, उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुँदा रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरूलाई समस्या भएको छ ।”

सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सडकलगायत विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका किसानले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।

पहिराले पोल ढलाएपछि अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडामा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यसैबीच फापरखेत र बाङ्गेपहिरामा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

बाढीपहिराले कल्भर्ट बगाउँदा सडक अवरुद्ध

बिहीबार रातिको भीषण वर्षाका कारण तनहुँका विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न खोलामा आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न ठाउँका सडकखण्ड अवरुद्ध भएका हुन् । बाढीपहिराले केही ठाउँमा कल्भर्ट बगाएको छ ।

व्यास नगरपालिका–११ पुरनडिहीस्थित राम्दी खोलामा बाढीले दुईवटा कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएको छ । उक्त सडक हुँदै सोही वडाको फराकचौर, बेल्टारी, शेरासम्मको आवागमन ठप्प भएको छ ।

भानु नगरपालिका–५ टुहुरेपसलस्थित खत्रीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा डुम्रे–चन्द्रावती खण्ड अवरुद्ध भएको छ । खत्रीखोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि भानु–१२, १३, ६ र ७ मा सञ्चालित सवारीसाधन रोकिएका वडाध्यक्ष धिरज खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भानुको उत्तरी भेग १२ र १३ को ‘लाइफलाइन’का रूपमा रहेको यस ठाउँको कल्भर्ट बगाउँदा सर्वसाधारणलाई आवाजजावतमा कठिनाइ भएको छ ।”

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार, व्यास–१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका–५ याम्पालगायत ठाउँमा गएको पहिरा भने पन्छाएर पृथ्वीराजमार्ग पूर्ण रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस