३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र एमालेको ७ बुँदे सहमति छिट्टै सार्वजनिक गरिन्छः रमेश लेखक



photo:rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको लागि गरेको सात बुँदे सहमति छिट्टै सार्वजनिक गर्ने भएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीच नयाँ सरकार बनाउन भएको सहमति छिट्टै सार्वजनिक गर्ने बताएका हुन् ।

‘दुई दलबीच भएको सहमति सार्वजनिक भएनन् भनेर धेरै विषय उठे, ’ लेखकले भने, ‘यो सहमति किन प्रकाशन भएन भन्ने छ हामी यो चाँडै प्रकाशित र गरेर राष्ट्र जनतामा समर्पित गर्छौ ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रक्रिया पूरा गरेपछि आजै दुई दलबीच भएको सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्रीमा दाबेदारी दिने दुई दलको तयारी छ ।