३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिचार्जर एपद्वारा क्रिसमस अफरमा १२ रुपैयाँमा आईफोन १२ खरिद गर्न सकिने अफर सार्वजनिक



अ+ अ-

काठमाडौं । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा १२ रुपैयाँमै आइफोन १२ खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई १२ रुपैयाँको टोकन खरिद गरी क्रिसमस अफरमा सहभागी भई आइफोन १२ जित्ने अवसर दिएको हो ।

जसका लागि गूगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।

यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आईफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सक्ने छन् । त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।