१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण संसद भंग भयो : नेता रायमाझी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् । 

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए ।

उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो । उहाँलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु भएन् । सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविशसको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको  हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको जिकिर गरे ।

उनले भने,‘उहाँहरुले सरकारले काम गर्न सकेन भन्नुभयो, अनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने काम भयो, अहिले संसद पूर्नस्थापना गर्ने हो माग गरिएको छ । सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुशी भएर निर्वाचनमा जानुपर्ने हो नि । राम्रो काम गर्न सक्छु भन्ने लाग्नेलाई निर्वाचनमा जानुपर्छ । सरकारले काम गर्न सकेन भन्नेहरुले सरकारको निर्णयलाई सम्मान गर्नुपर्छ । जनादेश लिएर जानु नै राम्रो हो । हामी भोट प्राप्त गर्छौ, जनमत प्राप्त गर्छों । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ, यो उहाँको राईटको कुरा हो । सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?’

उनले कुनैपनि हालतमा संसद पुनर्स्थापना  नहुने जिकिर गरे । उनले सरकारले काम गर्न सकेन भनेपछि, सरकार परिवर्तनको लागि अविश्वास प्रस्ताव पेश गरेपछि, र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे ।

रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेपनि विश्वास दिलाए । उनले वर्तमान अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष र सर्वसम्मत प्रधानमन्त्री भएको सुनाउँदै बालुवाटारमा पहिलो अध्यक्षको नाताले ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको सुनाए ।

उनले भने,‘कतिपय साथी आउनु भएन, कतिपय आउनुभयो । हामीले आवश्यकता अनुसार केन्द्रीय कमिटीमा संख्या थपियो । विधानअनुसार बैठक बसियो ।’

यस्तै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाईएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए । 

उनले भने,‘आशा गरौं सर्बोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई।’ कुनै पनि अर्थमा संसद विघटनको प्राबधान संविधानमा नभएको उनको जिकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसङ्ग छलफल नै नगरी संसद विघटन गरेको दुःखेसो पोखे । आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए । 

उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरे । दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाई छ । उनले को सँग बहुमत छ ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्नसक्ने जिकिर गरे ।