२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उरुग्वेलाई हराउँदै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा



अ+ अ-

काठमाडौँ । कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा उरुग्वेमाथि १–० गोलको जित निकाल्दै १० खेलाडीमा समेटिएको कोलम्बिया फाइनलमा पुगेको हो ।

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुग्यो ।

कोलम्बियाको जितमा एकमात्र निर्णायक गोल खेलको ३९ औं मिनेटमा जेफ्रेसन लेर्माले गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा ड्यानिल मुनोजले रातो कार्ड खाएपछि कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा उरुग्वेले उठाउन सकेन ।

अब कोलम्बियाले उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ । दुई टोलीबीचको फाइनल खेल सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ ।