४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सलाई हराउँदै ईंग्ल्याण्ड युरो कपको फाइनलमा



अ+ अ-

काठमाडौं । ईंग्ल्याण्ड युरो कप २०२४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलले हराउँदै ईंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

खेलको ७ औं मिनेटमा नेदरल्यान्ड्सले ज्याभी सिमोन्सको गोलबाट अग्रता लियो । सिमोन्सले डिबक्स बाहिरबाट सुन्दर गोल गरे ।

१८ औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलबाट ईंग्लिश टोलीले खेल बराबरी गर्यो । नेदरल्यान्ड्सका डेन्जेल डुम्फ्रीसले डिबक्सभित्र ह्यारी केनमाथी खराब ट्याकल गरेपछि ईंग्ल्याण्डले पेनाल्टी पाएको हो ।

२२ औं मिनेटमा नेदरल्यान्ड्सका डुम्फ्रीसले फिल फोडेनले प्रहार गरेको बललाई गोल हुन दिएनन् । डुम्फ्रीसले गोललाइनमा बल रोक्न पुगे ।

खेलको ३० औं मिनेटमा नेदरल्यान्ड्सका डुम्फ्रीसले कर्नरबाट आएको पासलाई हेडरमार्फत प्रहार गर्दा पोस्ट बारमा लागेर बल बाहिरिन पुग्यो ।

खेलको ६५ औं मिनेटमा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले प्रहार गरेको बललाई ईंग्ल्याण्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गरे ।

८० औं मिनेटमा ईंग्ल्याण्डका बुकायो साकाले गोल गरेपनि उनी अफसाइड हुन पुगे र गोलले मान्यता पाएन ।

९० औं मिनेटमा वैकल्पिक खेलाडी ओली वाट्कीन्सले गोल गर्दै ईंग्ल्याण्डलाई २-१ को जितसहित फाइनलमा पुर्याए ।

अब ईंग्ल्याण्डले उपाधिका लागी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार मध्यराती १२:४५ बजे हुनेछ ।