• १५ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 30 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक बस्दै, के छ आजको कार्यसूची ? ★   साउन १५ को संस्कृति खिर खाएर मनाइँदै ★   परराष्ट्रमन्त्री डा राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   तीन जना प्रदेश प्रमुख बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय ★   १८ देशमा राजदूत सिफारिस, भारतमा शंकरले निरन्तरता पाउँदा चीनमा कृष्ण ★   निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान संसदीय सुनवाइ समितिबाट अस्वीकृत ★   जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन् ★   धनुषामा एक पुरुषको हत्या ★   ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता ★   मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

नेदरल्यान्ड्सलाई हराउँदै ईंग्ल्याण्ड युरो कपको फाइनलमा



काठमाडौं । ईंग्ल्याण्ड युरो कप २०२४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलले हराउँदै ईंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

खेलको ७ औं मिनेटमा नेदरल्यान्ड्सले ज्याभी सिमोन्सको गोलबाट अग्रता लियो । सिमोन्सले डिबक्स बाहिरबाट सुन्दर गोल गरे ।

१८ औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलबाट ईंग्लिश टोलीले खेल बराबरी गर्यो । नेदरल्यान्ड्सका डेन्जेल डुम्फ्रीसले डिबक्सभित्र ह्यारी केनमाथी खराब ट्याकल गरेपछि ईंग्ल्याण्डले पेनाल्टी पाएको हो ।

२२ औं मिनेटमा नेदरल्यान्ड्सका डुम्फ्रीसले फिल फोडेनले प्रहार गरेको बललाई गोल हुन दिएनन् । डुम्फ्रीसले गोललाइनमा बल रोक्न पुगे ।

खेलको ३० औं मिनेटमा नेदरल्यान्ड्सका डुम्फ्रीसले कर्नरबाट आएको पासलाई हेडरमार्फत प्रहार गर्दा पोस्ट बारमा लागेर बल बाहिरिन पुग्यो ।

खेलको ६५ औं मिनेटमा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले प्रहार गरेको बललाई ईंग्ल्याण्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गरे ।

८० औं मिनेटमा ईंग्ल्याण्डका बुकायो साकाले गोल गरेपनि उनी अफसाइड हुन पुगे र गोलले मान्यता पाएन ।

९० औं मिनेटमा वैकल्पिक खेलाडी ओली वाट्कीन्सले गोल गर्दै ईंग्ल्याण्डलाई २-१ को जितसहित फाइनलमा पुर्याए ।

अब ईंग्ल्याण्डले उपाधिका लागी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार मध्यराती १२:४५ बजे हुनेछ ।