२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार जिल्लाको अधिवेशन कात्तिकभित्र गर्न एमालेको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ ।

आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले गत जेठ मसान्तभित्र अधिवेशन सम्पन्न गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । उपमहासचिव ज्ञवालीका अनुसार ६६ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ ।

एमालेका इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङका जिल्ला कमिटीको अधिवेशन हुन बाँकी छ ।

यस्तै सचिवालय बैठकले सबै जिल्लालाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्न र भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।