२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना, १२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।

मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।

गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताउनुभयो, “यो दुखद घटनाबाट म निकै दु:खी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपुर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौ र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”