१३ माघ २०८१, आईतवार
,
Latest
सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउनेः मुख्यमन्त्री कार्की एन्फा यु–१६ युथ लिग फुटबल: चर्च ब्वाइजले पुलिसलाई हरायो भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र लमिन यमालबीच १६ वर्षअघि भएको त्यो दुर्लभ भेट



अ+ अ-

एजेन्सी । सन् २००७ मा लिओनेल मेस्सीले बार्सिलोना फुटबल क्लबको रङ्गशाला ‘क्याम्प नू’को ड्रेसिङ रूममा एउटा परोपकारी कार्यका लागि भित्तेपात्रोमा छाप्ने उद्देश्यले एक शिशुसँग फोटो खिचाएका थिए।

त्यतिबेला मेस्सी २० वर्षका थिए र फुटबल खेलाडीका रूपमा उनले चर्चा बटुल्न थालिसकेका थिए। कालान्तरमा उनी निकै प्रतिभावान् र सफल खेलाडीका रूपमा स्थापित भए।

त्यतिबेला तस्बिर खिच्ने फोटोग्राफर वा अरू कसैले पनि ती शिशु १७ वर्षभन्दा कम अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली खेलाडीका रूपमा उदाउँछन् भन्ने कल्पना पनि गरेका थिएनन्।

तस्बिर खिचाउन मेस्सीले काखेबालक लमिन यमाललाई नुहाएदिएका थिए।

तिनै यमालले अहिले जारी यूरो कपमा निकै चर्चा कमाएका छन्।

जर्मनीमा जारी यूरो कप फुटबलको सेमिफाइनलमा यमालले मङ्गलवार फ्रान्सविरुद्ध गोल गरे। उक्त गोलको दशकौँसम्म चर्चा हुने छ किनकि उनले यूरो कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको इतिहास बनाएका छन्।

गोल गर्दा यमाल १६ वर्ष ३६२ दिनका थिए।

फ्रान्सले एक गोल गरेपछि पछाडि परेको स्पेनलाई यमालले बराबरीको स्थितिमा पुर्‍याए। दानी ओल्माले गरेको अर्को गोलको सहयोगमा स्पेन विजयी भयो। तीनवटै गोल खेलको पूर्वार्धमा भएका थिए।

यूरो कपको फाइनल खेल जुलाई १४ आइतवार राति (नेपाली समयानुसार मध्यरातपछि) हुने छ।

अहिले कोपा अमेरिका पनि चलिरहेको छ। बुधवार भएको सेमिफाइनल खेलमा क्यानडालाई हराउँदै आर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको छ।

आर्जेन्टिनाले २–० ले जितेको सो खेलमा मेस्सीले एक गोल गरेका थिए।

कोपा अमेरिकाको फाइनल खेल जुलाई १५ को दिन सोमवार हुने छ।

यमालले कसरी पाएका थिए अवसर
लामो समयसम्म कसैले वास्ता नगरेको तस्बिर गत साता सामाजिक सञ्जालमा देखा पर्‍यो।

यमालका बुवाले गत साता \दुई प्रतिभाशाली खेलाडीको थालनी’ भन्ने वाक्यसहित एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरे।

समाचारसंस्था एपीका लागि काम गर्ने जोन मन्फर्टले मेस्सी र यमालका तस्बिरहरू खिचेका थिए।

लमिनको परिवार बस्दै आएको मातारो सहरमा यूनिसेफले गोलाप्रथा गरेपछि ती तस्बिर खिचिएको मन्फर्ट बताउँछन्।

‘उनीहरूले बार्साका एक खेलाडीसँग क्याम्प नूमा तस्बिर खिच्न पाउने अवसरका लागि नाम दर्ता गरेका थिए। अनि उनीहरूले जिते,’ मन्फर्टले एपीसँग भने।

उक्त काम त्यति सजिलो भने नभएको उनी बताउँछन्।

‘मेस्सी निकै अन्तर्मुखी छन्, उनी लजालु छन्,’ उनले भने।

‘उनी लकर रूमबाट बाहिर निस्किँदै थिए, अनि उनी अकस्मात् पानी भरिएको प्लास्टिकको बाटामा एउटा बच्चा राखिएको अर्को कोठामा पुगे। त्यो अलमल पार्ने खालको कुरा थियो। सुरुमा त उनलाई ती बालकलाई कसरी समात्ने भन्ने पनि थाहा थिएन।’

यमालको बार्सिलोना यात्रा
मेस्सीले जसरी नै यमालले पनि बार्सिलोनाबाट खेले।

उक्त क्लबबाट खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता हुन्। उनी स्पेनिश लीग ुला लिगाु मा पनि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।

गत साता अनलाइन माध्यममा तस्बिर भाइरल हुन थालेपछि त्यसमा भएका शिशु यमाल भएको मन्फर्टले भेउ पाए।

‘त्यति धेरै सनसनी फैलाएको कुरामा नाम जोडिनु निकै रमाइलो कुरा हो,’ उनले भने।

‘साँच्चै भन्नुपर्दा यो निकै सुखद अनुभूति हो।’ बीबीसीबाट साभार