• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हिलाम्मे राजमार्गमा कष्टपूर्ण यात्रा



फाइल फाेटाे

काठमाडौं । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड हिलाम्मे हुदा यत्रा कष्टकर भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्नुपरेको यात्रुहरुले गुनासो गरेका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिएपनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताउनुभयो ।

तस्बिर : राजकुमार पराजुली/रासस