२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरबाज र रोहित शर्मालाई पछि पार्दै बुमराह बने उत्कृष्ट



अ+ अ-

एजेन्सी । गत महिनाको अन्त्यमा सकिएको टी–२० विश्वकप २०२४ मा भारतीय फास्ट बलर जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा बुमराहले आफ्नो बलिङले भारतलाई जित दिलाएका थिए ।

जसप्रित बुमराह उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द टुर्नामेन्ट चुनिए । अब बुमराहको नाममा अर्को उपलब्धि थपिएको छ ।

उनले आईसीसी ‘प्लेयर अफ दी मन्थ’ उपाधि जितेका छन् । यसका लागि भारतीय फास्ट बलरले रोहित शर्मा र रहमानउल्लाह गुरबाजलाई पछाडि छोडेका छन् ।

टी–२० विश्वकपमा उनले ८ खेलको ८ इनिङ्समा ८.२६ को औसत र ४.१७ को इकोनोमीमा १५ विकेट लिए । उनी प्रतियोगितामा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । अफगानिस्तानका फजलहक फारुकी र अर्शदीप सिंहले १७–१७ विकेट लिएका थिए ।