२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर गड्डाचौंकी–चिसापानी राजमार्ग स्तरोन्नतिको काम सुरु (भिडियो सहित)



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतीको काम सुरु भएको छ । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रम अनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नती गर्ने कार्यलाई सुरु गरेको हो । कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि बढाएर स्तरोउन्नतीको कार्य सुरु गरेको जनाएको छ । कार्यालयका अनुसार सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भाँसिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोउन्नती गर्ने कार्य गरिनेछ ।

यस्तै गरेर गड्डाचौकी क्षेत्रबाट अगाडि बजार क्षेत्रभन्दा अत्तरिया तर्फको राजमार्ग क्षेत्रको चोकको केही भाग गत वर्षको कार्यक्रम अनुसार नै चौडा पारिसकिएको छ । जसका कारण महेन्द्रनगर बजार क्षेत्रको बसपार्क क्षेत्रमा आवतजावत गर्न निकै सहज भएको छ । डिभिजन कार्यालयले राजमार्ग पुर्नस्थापना तथा स्तरोउन्नती कार्यक्रम अन्तर्गत यस वर्ष बार्षिक कार्यक्रम अनुसार १० करोड बजेट पाएको छ । जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो वर्षको कार्यक्रममा भासी, लालपुर, दैजी, झलारी, बाणी र गुलरिया चोकमा सडक चौडा पारिएको थियो । यसवर्ष थप केही चोकमा सडक चौडा पारिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्तरोउन्नती कार्यक्रमको लागि डिभिजन कार्यालयलाई प्राप्त बजेट निकै कम हो । कम बजेट भएका कारण स्तरोउन्नती कार्यक्रमलाई प्रत्येक वर्ष गरिने गरिन्छ । जसका कारण थोरै बजेटले धेरै ठाउँमा पु¥याउनुपर्ने बाध्यता हुने गर्दछ । यसैगरी स्तरोउन्नती कार्यक्रम अन्तर्गत नै पूर्वपश्चिम राजमार्गको दैजीदेखि गड्डाचौकीसम्म चौडा पार्ने पनि गरिएको छ । यस वर्षको स्तरोउन्नतीको केही काम भने सुरु भएको अवस्था छ भने केही काम ठेक्का प्रक्रियामा रहेको छ । कार्यालयले यस वर्ष चारओटा ठेक्का लगाएर सडक स्तरोउन्नती कार्य गर्नेछ ।