२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक शर्माले पछि पारे रोहित शर्मालाई



अ+ अ-

एजेन्सी । अभिषेक शर्मा भारतीय टोलीमा आबद्ध हुनेबित्तिकै चर्चामा आउन थालेका छन् । करियरको पहिलो अन्तर्राष्ट्रिय खेलमा खाता नै नखोलेर आउट भएका अभिषेकले दोस्रो खेलमा धमाकेदार शतक बनाएर सबैलाई अवाक बनाएका थिए ।

यो शतकसँगै अभिषेकले हिटम्यान भनेर चिनिने रोहित शर्माको कीर्तिमान पनि तोडे । रोहित शर्माको कीर्तिमान तोड्दै अभिषेक नयाँ ‘सिक्सर किंग’ बनेका छन् ।

भारतीय टोली पाँच खेलको टी–२० सिरिजको लागि जिम्बाब्वे भ्रमणमा छ । यस भ्रमणको पहिलो खेलमा नै अभिषेक शर्माले अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए, जसमा उनी खाता नखोली नै प्याभिलियन फर्किएका थिए । त्यसपछि दोस्रो खेलमा अभिषेकले बलियो पुनरागमन गर्दै ४७ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए ।

यस इनिङ्समा ८ छक्का प्रहार गर्दै अभिषेक २०२४ मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान बने । उनले रोहित शर्मालाई पछि पारे । अभिषेकको शतक अघि, रोहित शर्मा यस वर्ष टी–२० मा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यानको सूचीमा शीर्षमा थिए, जसले ४६ छक्का प्रहार गरेका थिए ।

तर, अब अभिषेकले ५० छक्का लगाएर यो सूचीको शीर्ष स्थानमा पुगेका छन् । यो सूचीमा विराट कोहली ४५ छक्कासहित तेस्रो, शिवम दुबे ४१ छक्कासहित चौथो स्थानमा र रजत पाटीदार ३३ छक्कासहित पाँचौं स्थानमा छन् ।