२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक शर्माले पछि पारे रोहित शर्मालाई



अ+ अ-

एजेन्सी । अभिषेक शर्मा भारतीय टोलीमा आबद्ध हुनेबित्तिकै चर्चामा आउन थालेका छन् । करियरको पहिलो अन्तर्राष्ट्रिय खेलमा खाता नै नखोलेर आउट भएका अभिषेकले दोस्रो खेलमा धमाकेदार शतक बनाएर सबैलाई अवाक बनाएका थिए ।

यो शतकसँगै अभिषेकले हिटम्यान भनेर चिनिने रोहित शर्माको कीर्तिमान पनि तोडे । रोहित शर्माको कीर्तिमान तोड्दै अभिषेक नयाँ ‘सिक्सर किंग’ बनेका छन् ।

भारतीय टोली पाँच खेलको टी–२० सिरिजको लागि जिम्बाब्वे भ्रमणमा छ । यस भ्रमणको पहिलो खेलमा नै अभिषेक शर्माले अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए, जसमा उनी खाता नखोली नै प्याभिलियन फर्किएका थिए । त्यसपछि दोस्रो खेलमा अभिषेकले बलियो पुनरागमन गर्दै ४७ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए ।

यस इनिङ्समा ८ छक्का प्रहार गर्दै अभिषेक २०२४ मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान बने । उनले रोहित शर्मालाई पछि पारे । अभिषेकको शतक अघि, रोहित शर्मा यस वर्ष टी–२० मा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यानको सूचीमा शीर्षमा थिए, जसले ४६ छक्का प्रहार गरेका थिए ।

तर, अब अभिषेकले ५० छक्का लगाएर यो सूचीको शीर्ष स्थानमा पुगेका छन् । यो सूचीमा विराट कोहली ४५ छक्कासहित तेस्रो, शिवम दुबे ४१ छक्कासहित चौथो स्थानमा र रजत पाटीदार ३३ छक्कासहित पाँचौं स्थानमा छन् ।