७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?



अ+ अ-

काठमाडौं । बीमा  समितिले  कोरोना  बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको  विवरणअनुसार हालसम्म  कुल  एक  अर्ब  ५०  करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ।

बीमा  दाबी  गर्नेमध्ये  दुई  हजार  ६८६  जनाको  फाइल स्वीकृति  हुने  प्रक्रियामा  रहेको  जनाइएको  छ।  आवश्यक काजपत्र  पूूरा  नभएका  कारण  दुई  हजार  ५३  वटा  फाइल सम्बन्धित कम्पनीमा  फिर्ता  पठाइएको  छ।  ७६  वटा  फाइल दोहोरो  परेका  कारण  भुक्तानी  दाबी  प्रक्रियाबाट  बाहिरिएका छन् । अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ  मन्त्रालयले  बीमा दाबी  भुक्तानी  गरेको  विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो। गोरखापत्रबाट