२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने



अ+ अ-

जनकपरधाम । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला दुई दल सरकारबाट बाहिरिन लागेका हुन् ।

माओवादी र समाजवादीबाट प्रदेश सरकारकामा दुई–दुई जना मन्त्री छन् । माओवादी अर्थ र उद्योग तथा पर्यटन र एकीकृत समाजवादी उर्जा सिँचाई तथा खानेपानी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित सरकारमा छ ।

संघमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनाउने सहमती भएसँगै दुवै दलका मन्त्रीलाई मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिन भनेका थिए ।

दुवै दलले राजीनामा बुझाएलगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी हुनेछन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले आजै विश्वासको मत लिँदैछन् ।

बिहान ११ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ । त्यसअघि नै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागिएको छ । कांग्रेसले चार वटा र लोसपाले दुईवटा मन्त्रालय मागेको छ ।

माओवादी र समाजवादीले पाएको चारवटा मन्त्रालय कांग्रेसले मागेको हो । लोसपालाई भने तत्काल एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ ।