१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने



अ+ अ-

जनकपरधाम । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला दुई दल सरकारबाट बाहिरिन लागेका हुन् ।

माओवादी र समाजवादीबाट प्रदेश सरकारकामा दुई–दुई जना मन्त्री छन् । माओवादी अर्थ र उद्योग तथा पर्यटन र एकीकृत समाजवादी उर्जा सिँचाई तथा खानेपानी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित सरकारमा छ ।

संघमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनाउने सहमती भएसँगै दुवै दलका मन्त्रीलाई मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिन भनेका थिए ।

दुवै दलले राजीनामा बुझाएलगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी हुनेछन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले आजै विश्वासको मत लिँदैछन् ।

बिहान ११ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ । त्यसअघि नै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागिएको छ । कांग्रेसले चार वटा र लोसपाले दुईवटा मन्त्रालय मागेको छ ।

माओवादी र समाजवादीले पाएको चारवटा मन्त्रालय कांग्रेसले मागेको हो । लोसपालाई भने तत्काल एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ ।