५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकाका सहित देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । वर्षा मापन केन्द्रहरुमा मध्यम तथा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

भक्तपुरको मनहरा र ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।

काठमाडौंका, बागमती, विष्णुमती, मनोहरालगायतका नदीमा पानीको सतह निकै बढेको छ । रातिदेखि नै पानी परिरहेकाले मानिसहरुको हिँडडुल पनि निकै कम छ ।

काठमाडौं बाहिरका सातै प्रदेशका ठूल नदीहरुको जलसतह उच्च भएको छ । खहरे खोलाहरु पनि उर्लिएर आएका छन् ।

पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम–भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ ।

यता पाल्पा जिल्लाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम,तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाको आग्रह छ ।

आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।




भर्खरै