२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिभएकोप्रति तीव्र असन्तुष्टी सुरु भएको छ । समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृति हावी भएको भन्दैं असन्तुष्टी जनाएका छन् ।

‘वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेसनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो, उनले भने ।

सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔं भन्दा सुनुवाई नभएको बताउँदैं समाजवादीको महाधिवेसन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दैं व्यंग्य गरे । समाजवादीको १६ असारदेखि काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेसनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।

तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेसनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेसन समापन गरेको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पछि छान्ने गरी महाधिवेसन सकिएको हो ।

यसले नेतालाई टेष्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दैं अधिकांश प्रतिनिधीहरु पनि रुष्ट बनेका छन् ।