७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी

हो, उहाँहरु मण्डलामै हुनुहुन्छ ?

हो, उहाँहरु मण्डलामै हुनुहुन्छ ?
अ+ अ-

काठमाडौं । माइतीघर मण्डलामा उखु किसानको अलापले दुई हप्ता नाघिसक्यो । त्यसो त यो उनीहरुको दोस्रो संस्करण हो । तर पनि उनीहरुका आँशु रोकिएका छैनन् । कृषिप्रधान देशका किसानका आँशु । 

तर शुक्रबार ती किसानले भने एउटा अनौठो दृश्य देखे । उनीहरुभन्दा अगावै मण्डलाको बीच सडकमा कोही बस्ने तरखर गर्दै थिए । किसानको आँशु झार्ने दैनिकी खानापछि मात्र हुन्छ । पशुपति धर्मशालामा बसेका उनीहरु बिहानको खानाको जोहो गर्छन्, यसो पेट पूजा गर्छन् र मण्डातिर लाग्छन् । 

शुक्रबार पनि दुःख विसाउने त्यही चौतारीमा आएर बीच सडकमा आसन कस्ने तरखर के गर्दै थिए, पालो अर्कैले मिच्दैथिए । त्यो बडो अनौठाको दृश्य थियो । उनीहरुले अघिल्लो वर्ष र यसवर्षको म्याराथन आन्दोलनका क्रममा पनि यस्तो देखेका थिएनन् ।

बिहान केही हाइप्राफाइल मण्डलामा आए । तिनका पछि पछि पछुवा (स्कटिङ), पिए र केही थान कार्यकर्ताका लावालस्करले घेरेका थिए । मण्डलामा सधैँ उखु किसानको बाटो छेक्ने प्रहरीले उनीहरुको भने बाटो खुलाइदिँदै, खाली गर्दै थिए । 

मण्डलाको नजिक आएपछि उनीहरुले बस्ने तरखर गरे । कसैले भूइँको धुलो फुकिदियो, साथका केही सहयोगीले यहाँ बस्दा हुन्छ भन्ने इसारा आँखैआँखाले छोडिदिए । त्यसपछि कोटको पछिल्लो कुनो यसो उचाले र र ठसक्क बसे । उनकै पछि उभिए उनको सुरक्षार्थ सरकारले दिएका अगुवा पछुवा सुरक्षाकर्मी । एडिसीको अघिल्तिर आसन कसेका उनीहरु यसो हेर्दा नेताजस्तै देखिएको एकजना आन्दोलनकारी उखु किसानले बताए । 

अर्का एक किसान भन्दै थिए– हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका होइनन् र ? हामीलाई त केही खबरै नगरी आए त । यत्तिकैमा अलिक टाँठोजस्तो देखिने अर्काले भने– तेरो आन्दोलनमा आउने फुर्सल अब उनीहरुलाई कहाँ हुन्छ ? अब उनीहरुकै आन्दोलन शुरु भइसक्यो । 

फोटो खिच्न त्यहाँ बोलाइएका पत्रकारले फोटो खिचुन्जेल यसो एकैछिन् मात्र बसेका उनीहरुले उखु किसानतर्फ फर्केर पनि हेरेनन् । बीच सडकै थचक्क बसेका थिए यो देशका तीनजना पूर्व प्रधामन्त्रीहरु– माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल । एडीसीको सहारामा अनसनमा बसेका उनीहरुको छातीमा लेखिएको थियो– हामी यहाँ छौँ । 

हो, उहाँहरु यतिखेर त्यहाँ हुनुहुन्छ जहाँ किसानले न्याया पाएका छैनन् । यो उहाँहरुकै भाषामा सडक हो । किनभने आफूहरु आन्दोलनका लागि सडकमा आएको बताउनुभएको छ । जुन सडक किसानाले नापेको वर्षदिनबाट बढी भयो तर न्याया पाएका छैनन् । न्याय पनि यस्तो कि किसानले बेचेको उत्पादनको मूल्य उद्योगीबाट । यी भिआइपी आन्दोलनकारीहरुले माइतीघरको सडक कति नाप्नुपर्ने हो त्यसको कथा भने भर्खरै शुरु भएको छ ।

ती भीआइपीहरुको वरिपरि भएर बाटो हिँडेका बटुवा हुन् या मोटरसाइकलमा हिँडेका, उनीहरुले पनि कतिले छक्क मानेका थिए । अस्तीको राजनीतिक घटनाक्रम बुझेका केहीले नेकपाकै तीन नेताहरु प्रधानमन्त्रीका विरुद्धमा आन्दोलनमा आएको बुझेर फोटो खिचेका थिए भने अरु केहीले सत्तामा रहेको दलका नेता किन आन्दोलनमा छन् भनेर पनि फोटो खिचेका थिए । 

बाटो हिँड्ने मध्ये एकले भन्दै थिए– हो, उहाँहरु आज यहाँ हुनुहुँदो रहेछ, देशको यो हालत बनाउने उहाँहरु वास्तवमा सधैँ सडकमै रहनुपर्ने व्यक्ति हो । यो थाहा पाइसकेका किसान भने निरास थिए । अघि अघिका मन्त्रीहरुले आफ्नो आन्दोलनको पक्षमा ऐक्यबद्धता जनाएको भए पनि आफ्नो पक्षमा कुनै निर्णय हुन नसकेकोमा दुःखी नै छन् । 

त्यसैले आज पनि यी भिआइपी आन्दोलनकारीबाट कुनै अपेक्षा छैन उनीहरुको । तर आज भने गुनासो सुनाउने मण्डलामा बस्ने ठाउँ र पालो मिचिदिएकोमा दुःखी थिए । पछि भिआइपीहरुले फोटो खिचाएर हिँडेपछि मात्र किसानले अनसनमा बस्ने पालो पाएका थिए ।