• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्डसँगको फोटो राख्दै बाबुराम भन्छन्– को कति मोटायो हेर्नुस् ? ★   पहिरोले अरनिको राजमार्ग अवरुद्ध ★   कान्तिपुर टीभीले हटायो ‘इट्स माइ सो’ को विवादित क्लिप ★   आज मंगलबार, भगवान गणेशको पूजा–आराधना गरी दिन शुभ बनाउनुस् ★   युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेन भिड्दै ★   कांग्रेस–एमालेले सहमति : सार्वजनिक गर्न किन आनाकानी ? ★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते

लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ बन्ने गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबाट ब्रिफिङ गरेका थिए ।

यद्यपि, लोसपाले गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने अहिले कुनै निर्णय गरेको छैन ।

नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने लोसपाको तयारी छ ।