८ श्रावण २०८३, शुक्रबार
,
Latest
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टीभीले हटायो ‘इट्स माइ सो’ को विवादित क्लिप



अ+ अ-

काठमाडौं । कान्तिपुर टेलिभिजनले चर्चित कलाकारको व्यक्तिगत जीवनलाई लिएर बनाइएको ‘इट्स माइ सो’ को विवादित भिडियो क्लिप हटाएको छ ।

प्रेस काउन्सिल नेपालको निर्देशनपछि कान्तिपुर टेलिभिजनले विवादित भिडियो हटाएको हो ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘इट्स माइ शो’ मा दुई हप्ता अगाडि प्रसारित सामग्री विवादास्पद बनेपछि काउन्सिलले त्यसबारे अध्ययन गरेको थियो । ती सामग्रीलाई आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसीता गुरुङ लगायतका व्यक्तिहरूले चर्को विरोध गरेका थिए ।

प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भए लगत्तै स्वः अनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टिभीले दिएको लिखित जवाफ चित्त नबुझेपछि काउन्सिलले शोका प्रस्तोता ओसिन सिटौलासहितलाई बयानका लागि कार्यालयमा बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत लगायतको उपस्थितिमा टिभीको टोलीले त्यस्ता प्रसंग प्रसारण भएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युब च्यानलसहित सबै माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

यो प्रकरण काउन्सिलमा विचाराधीन रहेकाले थप कारबाहीबारे भने निर्णय हुन बाँकी नै छ ।