१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँगको फोटो राख्दै बाबुराम भन्छन्– को कति मोटायो हेर्नुस् ?



अ+ अ-

काठमाडौं । राजनीतिमा को कतिबेला शत्रु बन्छ को मित्र भन्ने नै हुँदैन ।

१० वर्षे सशस्त्र संघर्ष गर्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको सम्बन्ध कस्तो थियो भनेर भनि राख्नै पर्दैन । त्यति मात्र हो र गत निर्वाचनमा आफ्नै निर्वाचित क्षेत्र छाडेर भट्टराईले गोर्खाबाट दाहाललाई चुनाव जिताए ।

तर अहिले सम्बन्ध यस्तो भएको छ कि दुई नेताबीच पानी बाराबार छ । दाहालले भट्टराईको दल नेपाल समाजवादी पार्टी विभाजित गराएर एउटा समूह माओवादीमा मिलाएका थिए । सम्बन्ध यस्तोसम्म पुगेको छ कि अब दाहाल र भट्टराईबीच एक अर्काका विगतका कमजोरीसमेत छताछुल्ल बनाउने अभियानमा लागेका छन् ।

केहि दिनअघि गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटाको प्रदेशसभा सदस्यता खारेज गरिदिने नेकपा माओवादी केन्द्रको निर्णयपछि त भट्टराई झनै आक्रोसित भएका छन् । पछि सर्वोच्च अदालतले देवकोटाको सदस्यता माओवादी केन्द्रले खारेज गर्न नसक्ने ठहर गरेको थियो ।

राजनीतिक रुपमा कुरा नमिलेपछि दाहालले गरेका अनियमिता र भ्रष्टाचारका कुरा भट्टराईले लगातार उठाउँदै आएका छन् । आज त झन् सामाजिक सञ्जालमा निकै पुरानो फोटो राखेर त्यसमा टिप्पणी खोजेका छन् । उनले दाहाल भ्रष्टाचार गरेर मोटाएको संकेत गर्दै भनेका छन् – गत ३० वर्ष (सन् १९४–२०२४)मा को कति मोटायो आफैं मूल्यांकन गरौं ।