२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ?



अ+ अ-

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज सम्म राजीनामा दिन अल्टिमेटम दिएको छ । एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रसस्त गर्न प्रधानमन्त्री दाहाललाई हिजो आग्रह गरेको थियो ।

एमाले झन्डै दुईतिहाइ मत स्पष्ट रूपमा विपक्षमा उभिएकाले विवेक प्रयोग गरेर पद त्याग गर्न प्रधानमन्त्री दाहाललाई भनेको हो । तर प्रधानमन्त्री दाहालले एमालेले भने जसरी मार्गप्रसस्त गर्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री दाहालको अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि साथ दिएको छ ।

दाहालले पदबाट राजीनामा नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ । किनकी प्रधानमन्त्रीले राजीनामा नदिए एमालेलाई सरकारको नेतृत्व गर्न ढिलाइ हुने छ ।

एमालेले भन्ने वित्तिकै प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ भन्ने छैन । किनकी कुनै दलले विश्वासको मत फिर्ता लिएमा वा सरकारबाट बाहिरिएमा मात्र प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । अहिलेसम्म न एमाले सरकारबाट बाहिरिएको छ न त विश्वासको मत नै फिर्ता लिएको छ । यो अवस्थामा प्रधानमन्त्री दाहाल अहिलेसम्म विश्वासको मत प्राप्त छन् ।

दबाब र आग्रहकै भरमा प्रधानमन्त्रीले राजीनामा नदिए के गर्ने भन्नेमा एमाले छ । संवैधानिक रुपमै अप्ठ्यारो पारेर दाहाललाई सत्ताबाट हटाउन एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर प्रधानमन्त्रीलाई दिएको विश्वासको मतसमेत फिर्ता लिन सक्ने छ । यदि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएमा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । त्यसबेला संसद्मा बहुमत प्रमाणित गर्न नसके दाहाल स्वत: बर्खास्त हुने छन् ।

एमालेले आज पनि प्रधानमन्त्रीलाई दबाब दिने र उनले नमाने साँझपख आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने योजना बनाएको छ । यसले प्रधानमन्त्री राजीनामा दिन बाध्य हुने बुझाइ एमालेको छ ।




भर्खरै