२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दराउ शहरको फुलराई गाउँमा मंगलबार एउटा ठूलो दुर्घटना भएको छ ।

यहाँ भोले बाबाको सत्संग चलिरहेको थियो । सत्संग सकिएपछि यहाँबाट भीड निस्कन थालेपछि भागदौड मच्चिएको बताइएको छ । यस भागदौडमा महिला र बालबालिका नराम्ररी कुचिएका थिए । घटनास्थलमा चिच्याहट भएको थियो ।

दुर्घटनामा धेरैको ज्यान जाने सम्भावना रहेको छ । घाइतेहरूलाई मेडिकल कलेज एटामा पठाइएको छ, अहिलेसम्म ५० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या अझै बढ्न सक्छ । मुख्यमन्त्री योगीले दुर्घटनाको जानकारी लिएका छन् ।

एटाका एसएसपी राजेश कुमार सिंहका अनुसार हाथरस जिल्लाको सिकन्दराउ सहरमा धार्मिक कार्यक्रम चलिरहेको बेला भागदौड भएको थियो ।

दुर्घटनालाई आफ्नै आँखाले देखेकी युवतीले सत्संगमा ठूलो भीड जम्मा भएको बताइन् । सत्संग सकिएपछि त्यहाँबाट मानिसहरू जान थाले । यसैबीच बाहिरिने हतारमा भागदौड मच्चियो ।

मानिसहरूले एकअर्कालाई हेरिरहेका थिएनन् । महिला र केटाकेटीहरू लडिरहेका थिए । भीड उनीहरूमाथि दौडिरहेको थियो । बचाउने कोही थिएन । चारैतिर कोलाहल थियो ।

भागदौडमा कैयौं घाइते भएका छन् । सबैलाई उपचारका लागि एटा मेडिकल कलेजमा लगिएको छ ।




भर्खरै