१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान प्रवेशमा पुन: प्रतिबन्ध, भिषा लिइसकेका भने जान पाउने



अ+ अ-

जापान। सरकारले बिदेश बाट जापान प्रबेश गर्ने नयाँ प्रवेशीहरुलाई २८ तारिखबाट लागु हुने गरी प्रतिबन्ध लगाएको छ । कोरोना सक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको र छिटो फैलनसक्ने नयाँ कोरोना भाईरसका सक्रमित समेत भेटिन थालेपछी जापानले नयाँ प्रवेशमा रोक लगाएको हो ।

बेलायत र साउथ अफ्रिकाबाट भने पूर्ण रुपमा यस अघिनै आवतजावतमा प्रतिबन्ध लगाइसकिएको छ । बेलायत र साउथ अफ्रिका बाहेक अरु मुलुक बाट बिजनेस भिषामा जापान आउन पाउने छन् तर घुम्ने उद्देश्यले जापान आउन चाहानेहरुलाई भने अप्रिल महिना बाटै अनुमति दिईएको छैन ।

सम्बन्धित देशमा रहेको दुतावासबाट भिषा लिएर बसेकाहरुको प्रवेशमा भने प्रतिबन्ध नलगाइएको बिदेश मन्त्रालयले सूचना जारी गरी जानकारी गराएकोछ । पछिल्लो १४ दिन भित्र बेलायत र साउथ अफ्रिकाको भ्रमण गरेकाहरु भने पहिलेनै भिषा लिएका भए पनि प्रबेश अनुमति पाउने छैनन् ।