आजको परिवेश
नेपालको शिक्षा प्रणाली अहिले संक्रमणकालको चरणमा छ। भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिकभएको छ। हरेक वर्ष एसईई परिणामले देशभरकाविद्यार्थी, अभिभावक, शिक्षक, र समुदायलाई गहिरो प्रभाव पार्छ। एसईई परिणामले विद्यार्थीहरूको क्षमता, मेहनत, र लगावलाई प्रतिबिम्बित गर्छ भन्ने भ्रामक चेत हामीमाअझै जरा गाडेर बसेको छ। किनकि यो परिणामले मात्र विद्यार्थीहरूको वास्तविक क्षमता र भविष्यको सम्भावनालाई पूर्णरुपमा आकलन गर्न सक्दैन र मिल्दैन।
भर्खर सार्वजनिकभएको परिणामले शहरी र ग्रामीण क्षेत्रकाविद्यार्थीहरूबीचको असमानतालाई अझ छ्यांगपारेको छ। ग्रामीण क्षेत्रका विद्यार्थीहरू पर्याप्त स्रोत र सुविधा अभावमा संघर्ष गरिरहेका छन्, जसको कारण उनीहरूको शैक्षिक स्तरमा झन्झन् असर परिरहेको छ।
वर्तमान नतिजाले उनीहरुको क्षमता, मेहनत, र लगाव माथि प्रश्न उठाएको छ। के वास्तवमा नै ग्रामिण विद्यार्थी असक्षम, अल्छी, महत्त्वाकांक्षावीहिन हुन् त ? हाम्रो शिक्षा प्रणालीको दूरदृष्टि नहुनु वा वेवास्तागर्नु वालापर्वाह हुँदा सामनागरिरहेको चुनौतीहरूको समाधान र भविष्यको दिशानिर्देशनको लागिव्यापक रूपमाआलोचनात्मकविश्लेषण, पैरवी र पहलगर्न आवश्यक छ।
एउटा उपाय यस्तो पनि हुन सक्छ कि ?
अबको पहल
शिक्षा प्रणालीमा सुधार र रूपान्तरणका लागिअबको पहलमहत्त्वपूर्ण छ। यसकालागिविभिन्नपक्षहरूले मिलेर कामगर्नुपर्ने हुन्छ।
संक्रमणकालीन सुधारहरू
– डिजिटल शिक्षामापहुँच: सबै विद्यार्थीहरूले अनलाइनशिक्षामा समानएवं गुणस्तरीय पहुँचको व्यवस्थागरिनुपर्छ।
– नवप्रवर्तन: शिक्षण विधिमानवप्रवर्तन र अनुकूलनशीलतालाई प्राथमिकता दिइनुपर्छ। शिक्षण आलोचनात्मकएवं सिर्जनात्मकताको जगमाआधारित हुनुपर्छ।
– आन्तरिक मूल्याङ्कन: एसईईसँगै आन्तरिक मूल्याङ्कन र निरन्तर मूल्याङ्कनलाई अझ सशक्तएवं प्रभावकारी बनाउँदै लैजानुपर्छ।
सुधार र रूपान्तरणका कदम
शिक्षा प्रणालीको सुधार र रूपान्तरणका लागि तुरुन्तै एवं दीर्घकालीनकदमहरू अवलम्बनगरिनुपर्छ।
तुरुन्तै सुधारको कदमको रुपमाआन्तरिक मूल्यांकनप्रमुखमान्न सकिन्छ।
आन्तरिकमूल्यांकनमा पुर्याउनुपर्ने पक्षहरुमा –
सवलपक्ष
आन्तरिक मूल्यांकनले विद्यार्थीको व्यक्तिगतविकास र आवश्यकताअनुसार मूल्यांकनगर्ने अवसर प्रदान गर्छ। यसले विद्यार्थीहरूको विशिष्ट सीप र रुचिलाई प्रोत्साहितगर्न सक्छ।
आन्तरिक मूल्यांकनबाट प्राप्तजानकारीले शिक्षकहरूलाई शिक्षण विधि सुधार्न मद्दत गर्छ। यसले विद्यार्थीहरूको व्यक्तिगतआवश्यकतामाआधारित शिक्षण योजनातयार गर्न सजिलो बनाउँछ।
कमजोर पक्ष
आन्तरिकमूल्यांकनमाशिक्षकहरूको व्यक्तिगतपूर्वाग्रहले विद्यार्थीहरूको मूल्यांकनमाअसमानताल्याउन सक्छ।
विभिन्नविद्यालयहरूमाआन्तरिक मूल्यांकनको स्तरमाअसमानताहुन सक्छ, जसले गर्दा मूल्यांकनको विश्वसनीयता र तुलना कठिन हुन्छ।
आन्तरिक मूल्यांकनलाई प्रभावकारी बनाउनशिक्षकहरूले पर्याप्त समय दिनुपर्छ। तर, समयको अभावले गर्दा यसलाई प्रभावकारी ढंगले कार्यान्वयनगर्न कठिनाइ भइरहेको पाइन्छ।
शिक्षकहरूमाआन्तरिक मूल्यांकनको अतिरिक्तकार्यभारको रुपमालिने र खल्तीबाट नंबर दिने प्रवृत्तिले आन्तरिक मूल्यांकनलाई ’आँखामा छारो हाल्ने काम’ जस्तो देखिन्छ।
दीर्घकालीनकदमहरू:
– व्यक्तिगत शिक्षण योजना:प्रत्येक विद्यार्थीको रुचि र क्षमताअनुसार व्यक्तिगत शिक्षण योजनाबनाउने। आधारभूततथाविशेष ज्ञानबीचको पृथकीकरण एवं समायोजन गर्ने।
– समष्टिगत विकास:विद्यार्थीहरूको शैक्षिक, सामाजिक, भावनात्मक, र नैतिकविकासमाध्यानदिने।
– विश्वनागरिकन्यिदब िऋष्तष्शभलकजष्उ०स् स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सहकार्य, भिन्न संस्कृतिहरूको अध्ययन, र विश्व परिवेशका समस्याहरूको पहिचानएवं संभावित समाधानकार्यक्रमहरू सञ्चालनगर्ने।
वर्तमान प्रणाली
नेपालको वर्तमानशिक्षा प्रणालीको कुरा गर्दा–
– पाठ्यक्रम र पाठ्यपुस्तक (विशेषगरी जनकशिक्षा सामाग्रीबाट प्रकाशित) मा सुधार देखिएको छ तर अझै पाठ्यक्रमनिर्माणमा लोकतान्त्रिकअभ्यासको अभाव छ। निजीप्रकाशनका केही पाठ्यपुस्तकहरु केलाउँदा धेरै त्रुटीहरु छन्। अब यस्ता पुस्तक जस्ताकोतेस्तै कक्षामा पढाउँदा विद्यार्थीको सिकाइको हालत सहजै अनुमानलगाउन सकिन्छ।
– शिक्षक ’सुलभ्य’ शिक्षण विधिहरू, ’रटाउने’ ’घोटाउने’, ’ठटाउने’ यथावतकायमै छ। शिक्षकआफ्नै पढ्ने र लेख्ने बानी छुटिसकेको छ। आफू विद्यार्थी हुँदा र आफूले पढाउने विषयको पाठ्यपुस्तक(त्यो पनिविद्यालयले तोकेको किताब) बाहेक अन्य पुस्तक नपढेको दशौं वर्ष भयो भनेर गर्वका साथ सुनाउने शिक्षकहरु पनि हुनुहुन्छ।
– बाँकी रह्यो, अवैज्ञानिक परीक्षा प्रणाली। विश्व परिवेशलाई नियाल्दापनि ३ घण्टे परीक्षालाई नै सर्वस्व मान्दाविद्यार्थीहरुको जीवन खुकुरीको धारमा अड्केको छ। अझैपनि एसईई परिणामहरू भविष्यमाउच्चशिक्षाको ढोकाखोल्नकालागिविद्यार्थीहरूको लागि निर्णायक मानिन्छ। एसईई माप्राप्त ग्रेडका आधारमा नै “विषयगतपदानुक्रम“ (उच्च ग्रेड विज्ञान, गणित विषयमा योग्य, मध्यम ग्रेड व्यवस्थापनमा, खस्किदों ग्रेड जीउनकालागि नै अयोग्य ठहर) मा फिट गराइन्छ। यतिव्यापक रूपमामान्यताप्राप्त र महत्त्वपूर्ण परीक्षालाई सुधार्दै लैजानुको साटो अझै खेलको रुपमा लिइन्छ।
थप चुनौति–
– मूल्याङ्कनको एकमात्रआधार: एसईई नतिजाविद्यार्थीको शैक्षिक योग्यताको एकमात्रआधार मान्नु।
– प्रशासनिकचुनौतिहरू:नतिजा सार्वजनिकगर्दा देखा पर्ने ढिलाइ र त्रुटिहरूले विद्यार्थीहरूमा असन्तुष्टि बढ्नु र विदेशिने थपकारण बन्दै जानु।
– समता र पहुँच:दुर्गम क्षेत्रकाविद्यालय र शहरी क्षेत्रकाविद्यालयबीचको असमानताअझगहिरो हुनु।
शिक्षा सुधारमातीनआवाजहरु महत्त्व राख्दछन्।त्यसमा–
विद्यार्थी
विद्यार्थीहरू शिक्षा प्रणालीका प्रमुखलाभग्राहीहुन्। उनीहरूको अनुभव र प्रतिक्रिया सुधारको लागिआधारभूत हुन्छ।
विद्यार्थीहरूको भुमिका:
– स्व–मूल्याङ्कन र प्रतिक्रिया: एसईई परिणामप्रतिको विद्यार्थीहरूको प्रतिक्रियाउनीहरूको वास्तविक योग्यता र सीपको प्रतिबिम्बहो वाहोइनभन्ने प्रश्न।
– सक्रिय सहभागिता:विद्यार्थीहरूको आवाजलाई पाठ्यक्रमविकास र मूल्याङ्कनप्रक्रियामा समावेश गर्ने प्रयास।
– अनौपचारिक शिक्षा:विद्युतीयमाध्यमद्वारा विभिन्न पाठ्यक्रमको पहुँच।
शिक्षक
शिक्षकहरू शिक्षा प्रणालीको मेरुदण्डहुन्। उनीहरूको अनुभवर सुझावले सुधारको मार्गदर्शन गर्न सक्छ।
शिक्षकहरूको भुमिका:
– तालिम र विकास:शिक्षकहरूलाई निरन्तर तालिम र पेशागतविकासकाअवसरहरू। सबैभन्दा कान्छो वा पछिल्लो विषयगत सूचनातथाजानकारीबाट विभूषित।
– अनुकूलनशीलता: शिक्षण विधिमानवप्रवर्तन र अनुकूलनशीलता।
– प्रशिक्षण र समर्थन: डिजिटल शिक्षामाशिक्षकहरूको क्षमताविकास। पाठ्यपुस्तकमाभन्दा पाठ्यक्रममा केन्द्रितभई पाठ योजनातयार र सिकाइ सहजीकरण।
– स्व–मूल्यांकन र सुधारात्मकपहल:आफ्नो शिक्षण विधि र शैलीको नियमित क्रिटिकल रिफ्लेक्सन गरी अझउन्नत शैलीको विकास र अभ्यास।
अभिभावक, समुदायतथा स्थानीय निकायहरु
समुदाय, अभिभावक र स्थानियनिकायहरूको भूमिकाशिक्षा प्रणालीको सुधारमामहत्त्वपूर्ण छ।
समुदायको भुमिका:
– समाजमाशिक्षा: समाजको शिक्षाप्रति सकारात्मक दृष्टिकोण र सहयोग।
– सहकार्य र साझेदारी: स्कूल र समाजबीच सहकार्य र साझेदारीकाकार्यक्रमहरू। पाठ्यक्रममा स्थानीय ज्ञान, सीपको समावेशकालागिदवाव। शिक्षा र अर्थलाई जोड्न पुलको भूमिका।
– अभिभावकहरूको संलग्नता:अभिभावकहरूको सक्रिय सहभागिता, आफ्ना छोराछोरीको सिकाइप्रतिचासो एवं जागरुकता र सुझावको समावेश।
निष्कर्ष
नेपालको शिक्षा प्रणालीमा अझै एसईई परिणामले महत्त्वपूर्ण भूमिका खेल्छ, तर यसको सँगसँगै भविष्यको शिक्षामा सुधार र नवप्रवर्तनको आवश्यकता छ। सबै सरोकारवालाहरू मिलेर यो मार्गमा अघि बढ्नु आवश्यक छ,
ताकिहाम्राभावी पुस्ताले उच्च गुणस्तरीय र सुसंगतशिक्षाप्राप्तगर्न सकून्। यसकालागि सरकार, शिक्षामन्त्रालय, शिक्षक, विद्यार्थी, र समाज सबै मिलेर कामगर्नुपर्नेछ। शिक्षा प्रणालीलाई सुधार गर्ने यो अवसरमाहामीले अवलम्बनगर्नुपर्ने सुधार र रूपान्तरणका कदमहरूले मात्र दीर्घकालीन समृद्धि र विकास सम्भवबनाउनेछ। संयुक्तप्रयासले मात्रै हामीले समावेशी र दिगो शिक्षा प्रणालीको स्थापनागर्न सक्छौं।
सबल पक्षहरूको सदुपयोग गर्दै र कमजोर पक्षहरूको समाधानगर्दै आन्तरिक मूल्यांकनलाई प्रभावकारी बनाउनु नै तुरुन्तैको समाधान र दिगो शिक्षा प्रणालीको लक्ष्य हुनुपर्छ। यसकालागि सबै सरोकारवालाहरूको सहकार्य र प्रतिबद्धता अपरिहार्य छ। यदिआन्तरिक मूल्यांकनलाई निष्पक्ष र व्यवस्थित रूपमाकार्यान्वयनगरियो भने विद्यार्थीहरूको वास्तविकक्षमता र प्रगतिमापनगर्न एक महत्वपूर्ण साधनबन्न सक्छ।