• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा



काठमाडौँ । फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्सले अन्तिम आठको टिकट काटेको हो ।

बेल्जियमका खेलाडीले आत्मघाती गोल गरेपछि फ्रान्स विजयी भएको हो । खेलको ८५ औं मिनेटमा बेल्जियमका डिफेन्डर जान भेर्टोङहेनले आत्मघाती गोल गरेका थिए ।

यसै उपहार गोलले फ्रान्स क्वाटरफाइनलमा पुग्यो । फ्रान्सका वैकल्पिक खेलाडी कोलो मोनीले प्रहार गरेको बल जानको खुट्टामा लागेर आत्मघाती गोल हुन पुगेको थियो ।

अब फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगलको सामना गर्नेछ ।