१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन्

रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन्
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताउनु भयो । उहाँले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको बताउनु भयो । उहाँले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउनु भयो । उहाँले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताउनु भयो ।

उहाँले नागरिकता, राहदानी दुई÷दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताउनु भयो । उहाँले लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनु भयो । उहाँले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताउनु भयो । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हुनत आजकाल सोध्न पनि पाइँदैन । भर्खर एउटा नयाँ पार्टी आएको उनकै महासचिवले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ । भन्नेबेला भयंकर लोकतन्त्र हामी । ए यस्तो लोकतन्त्र । त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो । भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा । त्यसपछि गएर ठगी । अनि निजलाई देशको सम्पूर्ण जिम्मा । म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न । उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन् ।’

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल