• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह ★   नारायणीको बाढी बस्तीमा पस्यो ★   विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव ★   स्याङ्जामा पहिराेमा पुरिएर तीनजनाको मृत्यु ★   तनहुँमा पहिराेमा परी तीन बेपत्ता ★   एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने ★   रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै ★   बिद्रोह नगरेको भए दास भएर बस्नुपर्दथ्यो ,समर्पण गरेर बस्नुपर्दथ्यो: माधव नेपाल ★   मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त ★   काँग्रेसले भन्यो: संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैनौँ

स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा



काठमाडौँ । पोर्चुगल युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगलले अन्तिम आठको टिकट काटेको हो ।

निर्धारित समय र अतिरिक्त समयसम्म पनि गोलरहित बराबरी भएपछि खेलको विजेताको टुंगो टाईब्रेकरबाट लागेको हो ।

अतिरिक्त समयको १०५ औं मिनेटमा पोर्चुगलले जित निकाल्ने सुनौलो अवसर गुमायो । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुके ।

तर टाइब्रेकरमा पोर्चुगल ३–० ले विजयी बन्यो । स्लोभेनियाका एक खेलाडीले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । पोर्चुगलबाट क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल गरे ।

अब पोर्चुगलले क्वाटरफाइनलमा फ्रान्ससँग भिड्नेछ ।