२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ?



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोलीले टी–२० विश्वकपको उपाधि जितेको छ । यो जितपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट बिदा हुने निर्णय गरेका छन् ।

तर के तपाईलाई दुबै दिग्गज खेलाडीको सम्पत्ति र कुल सम्पत्तिको बारेमा थाहा छ ?

मिडिया रिपोर्टका अनुसार रोहित शर्माको कुल सम्पत्ति करिब २१४ करोड रुपैयाँ छ । बीसीसीआईले रोहित शर्मालाई ए प्लस सम्झौतामा राखेको छ ।

यसरी रोहित शर्माले टेस्ट खेलबापत १५ लाख, ओडीआई र टी–२० ढाँचामा क्रमशः ६ लाख र ३ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसबाहेक रोहित शर्माले आईपीएल र विज्ञापनबाट करोडौं रुपैयाँ कमाउँछन् ।

आलिशान घर बाहेक, रोहित शर्मासँग लग्जरी कारहरूको अद्भुत संग्रह छ । रोहित शर्माको मुम्बईको आहुजा टावर्समा एउटा घर छ, जसको मूल्य करिब ३० करोड भारु छ । रोहित शर्मा आफ्नी श्रीमती ऋतिका र परिवारका अन्य सदस्यहरूसँग यो विलासी घरमा बस्छन् ।

जबकि, विराट कोहलीको कुरा गर्ने हो भने उनको कुल सम्पत्ति करिब १०५० करोड रुपैयाँ छ । रोहित शर्मा जस्तै विराट कोहली पनि बीसीसीआईको ए प्लस सम्झौताका हिस्सा हुन् । बीसीसीआईको तलब बाहेक विराट कोहलीले आईपीएलबाट १६ करोड रुपैयाँ कमाउँछन् । विज्ञापनबाट पनि करोडौं रुपैयाँ कमाउँछन् ।

विराट कोहली आफ्नी श्रीमती अनुष्का शर्मासँग मुम्बईको एक आलिशान बंगलामा बस्छन् । जसको मूल्य करिब ३४ करोड रुपैयाँ रहेको छ । यसबाहेक, विराट कोहलीको गुरुग्राममा सम्पत्ति छ, जसको मूल्य करिब १०० करोड भारु अनुमान गरिएको छ ।

यी सबै बाहेक विराट कोहलीसँग लक्जरी कारहरूको अद्भुत संग्रह छ । विराट कोहलीसँग लगभग सबै आधुनिक कार छन् ।