• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अस्पताल खोलेर मात्र जनस्वास्थ्य राम्रो



काठमाडौं । २०७७ मंसिरमा नामसरा बि.क आछाममा तुर्मखाँद कि ३८ वर्षिया महिलाको छैटौ सन्तान गर्भ रहँदा उच्च रक्तचाप भयो । धामी झाक्रिको ‘उपचार’ गराएपछि पनि ‘ठिक’ भएन । अनि स्वास्थ्य चौकि लगे धेरै रगत बगिसकेको “यस्तो अवस्थामा गर्भवती र सुत्केरीलाई हेलीकप्टरले उद्धार गर्छ भन्ने परिवारलाई पनि थाहा थिएन ।” मृतकका दाजुले भने । हामीले बडो गर्व गरेको महिलाको उत्थानको लागि भनेको कार्यक्रमको जनतालाई जानकारी नै रहेनछ । आछामकी नामसरालाई जानकारी र चेतनाको अभावमा, समयमा नै अस्पतालमा पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु भयो । अर्थात भवन, डाक्टरले औषधी आदिले मात्र यस्ता स्वास्थ्य समस्या समाधान गर्न नसक्ने रहेछ । नामसरा बि.क ले ६ वटा सन्तान पाइरहँदा हामीले “नेपालमा महिलाहरूको प्रजनन् स्वास्थ्य राम्रो भएको छ । कम बच्चा पाउन थालेका छन् भनेर गरेको ‘गर्व’ पनि चुरचुर भयो । के यस्तो समस्या अस्पताल र डाक्टरले मात्र समाधान गर्न सक्छन् त रु लामो समय बिरामी हुँदा पनि, धामीलाई मात्र देखाएका जनतालाई उपचार गराउन जानु पर्छ भन्ने चेतना नहुनु हाम्रो नितीको कमजोरी होइन र ?

औषधीको अभावमा चैत्रदेखि कार्तिकसम्म १४४ जना महिलाहरू आमा बन्दा मरेको खबर स्वास्थ्य मंत्रालयले पाएको छ । केहि हप्ता अघि देश भरमा ३०९ वटा अस्पतालको शिलान्यास भएछ । शिलान्यास भएको कति वर्षपछि अस्पताल बन्ला ? अनि त्यो अस्पताल बनेर मात्र जनताको स्वास्थ्य समस्या समाधान हुँदैन भनेर कसैले सोच्ला ? अस्पताल, स्वास्थ्य चौकिका भवन ठडिएर मात्रै जनस्वास्थ्य राम्रो हुने भए अहिले नेपालका सबै जनताको स्वास्थ्य राम्रो भइसक्ने थियो । यदि अस्पताल (त्यो पनि फोहोर, नाली बगेको,  दुर्गन्धित, शौचालय बिग्रोको) भएर मात्रै स्वास्थ्य राम्रो हुँदो हो त नेपालीहरू सबै स्वास्थ्य हुने थिए । किनभने धेरै ठाउँमा स्वास्थ्य चौकिका भवन छन्, तर त्यहाँ न स्वास्थ्यकर्मि छन्, उपकरण-औषधी भइदिएको भए बालबालिकालाई कुपोषण हुने थिएन, गर्भवती महिलाहरूलाई रक्तअल्पता हुने थिएन, गर्भवती महिला सुत्केरीमा धेरै रगत बगेर असुरक्षित गर्भपतन भएर महिलाहरू मर्ने थिएनन् । परिवार नियोजनको साधनको अभावमा महिलालाई बारम्बार बच्चा जन्माउनु पर्ने थिएन । बालबालिकाहरू बाथ, मुटु रोगको शिकार हुने थिएनन् । तर अस्पतालले सबै स्वास्थ्य समस्या हल गर्छ र भन्ने प्रश्न कसैले गर्दैनन् । अस्पताल खेलेपछि त्यहाँको जनशक्ति, औषधी, सरसफाइ, ब्यवस्थापनको विचार कसले गर्ने ? अस्पतालको भवन ठडिएर मात्र ठूलो उपलब्धि हुने होइन, समुदायमा जनचेतना फैलाएर, सकेसम्म मानिसहरूलाई अस्पताल आउन नपर्ने अवस्थामा मात्र सरकारले स्वास्थ्यमा राम्रो प्रतिफल पाउन सक्छ । सरकारी काठमाडौंका अस्पताल, जिल्लाका अस्पतालहरू हेर्दा थाहा हुन्छ कि कसरी खराब ब्यवस्थापनको कारणले ‘अस्पताल’ हरूले स्तरिय स्वास्थ्य सेवा दिन सकेका छैनन् । कोरोनाको बेलामा स्पष्ट थाहा भयो खराब ब्यवस्थापन र ‘खराब राजनीतिले’ कसरी जनस्वास्थ्य डाम्माडोल भएको छ ।

नेपालका अहिलेका कतिपय अस्पताल, प्राथमिक स्वास्थ्य चौकिमा कति सेवा दिएको छ भनेर अनुसन्धान गर्ने हो भने स्पष्ट हुन्छ, यसरी अन्धाधुन्ध अस्पताल र स्वास्थ्य चौकि खोलेर फाइदा हुँदैन । कति अस्पतालमा के सेवा पाइन्छ अहिले शिल्यान्यास भएको अस्पतालहरूले निर्माणमा कुल लागत कुल ५८ अरब लाग्ने अनुमान छ । सबैलाई थाहा छ, अस्पतालको कुल लागत खरबमा पुग्नेछ । किनभने समयमा यी अस्पताल बन्ने छैनन् । बनेपनि आधा बनेर छोडिनेछन् ।

केही दिन अघि म आछामको चौरहजारी स्वास्थ्य चौकिमा गएकी थिएँ । ६ वर्ष अगाडि बन्नु पर्ने प्राथमिक स्वास्थ्य केन्द्र आधा बनेको अवस्थामा थियो । चौरहजारी स्वास्थ्य चौकिले धेरै पुरानो भवनबाट सेवा दिइरहेको थियो तर त्यहाँ आउनु पर्ने औषधि पछिल्ला ८ महिनादेखि आएका थिएनन् । आछाममा गरिएको यो छलफलबाट यो पनि थाहा भयो कि त्यहाँबाट जनस्वास्थ्यको जनचेतना जगाउने, पोषण सम्बन्धी कार्यक्रम हुँदैनन् ।

प्राथमिक स्वास्थ्य सेवाले कसरी विभिन्न समस्या समाधान गर्छन् भन्ने हामीसँग उदाहरण छ । पोलियो, भ्यागुते रोग लहरे खोकि आदिको खोप दिएपछि यस्ता रोगहरू निर्मूल भएका छन् । यदि यस्ता खोप लगाउने चेतना नदिएको भए, प्राथमिक स्वास्थ्यकेन्द्रमा खोप नलगाएको भए कति बालबालिका मर्थे ? अस्पताल चाहिन्छ, त्यहाँ डाक्टर, नर्स, अन्य कर्मचारी पनि चाहिन्छन् । तर ३५४ वटा अस्पताल वडा, वडामा खोलेपछि स्वास्थ्य समस्या हल हुन्छ भन्ने चाहिँ होइन ।