२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार



अ+ अ-

रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले कृषि प्रधान देशमा कृषि नीति नै बन्न नसक्नु दु खद भएको बताउनु भएको छ । नेपाल किसान महासंघ द्वारा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अबसरमा रौतहटको चन्द्र निगाहपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले किसानका बारेमा सरकार र पार्टीहरु जिम्मेबार हुन नसकेको टिप्पणी गर्नुभयो । नेपाली काग्रेस किसानहरुको पार्टी भएको उल्लेख गर्दे उहाँले विपी कोईरालाले नीति बनाउदा किसानहरु लाई उच्च प्राथामिकता दिएको बताउनु भयो । सानो घर , एउटा गाई घरमा होस भन्ने उहाँको चाहनालाई काग्रेसले पुरा गर्नुपर्ने बताउनु भयो । उहाँले किसान महासंघलाई अझै सक्रिय हुन सुझाब दिदै आगामी केन्द्रीय समितिको बैठकमा किसानका समस्याहको बारेमा प्रस्ताब पेश गर्न आग्रह गर्नुभयो ।

उहाँले किसानका भुक्तानीका बारेमा आन्दोलन गराउने र बिचैमा तुहाँउने काम भएको भन्दै त्यसका खबरदारी आबश्यक रहेको बताउनु भयो । किसानले उब्जाएको अन्नको भाउ नपाउनु दूर्भाग्यपूर्ण अबस्था रहेको भन्दै उहाँले यस बिषयमा काग्रेस गम्भिर रहेको बताउनु भयो । उहाँले भन्नुभयो उत्पादित अन्नको खरिदको जिम्मा स्थानीय तहले लिने नीति बनाउनु पर्छ ।