२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार



अ+ अ-

रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले कृषि प्रधान देशमा कृषि नीति नै बन्न नसक्नु दु खद भएको बताउनु भएको छ । नेपाल किसान महासंघ द्वारा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अबसरमा रौतहटको चन्द्र निगाहपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले किसानका बारेमा सरकार र पार्टीहरु जिम्मेबार हुन नसकेको टिप्पणी गर्नुभयो । नेपाली काग्रेस किसानहरुको पार्टी भएको उल्लेख गर्दे उहाँले विपी कोईरालाले नीति बनाउदा किसानहरु लाई उच्च प्राथामिकता दिएको बताउनु भयो । सानो घर , एउटा गाई घरमा होस भन्ने उहाँको चाहनालाई काग्रेसले पुरा गर्नुपर्ने बताउनु भयो । उहाँले किसान महासंघलाई अझै सक्रिय हुन सुझाब दिदै आगामी केन्द्रीय समितिको बैठकमा किसानका समस्याहको बारेमा प्रस्ताब पेश गर्न आग्रह गर्नुभयो ।

उहाँले किसानका भुक्तानीका बारेमा आन्दोलन गराउने र बिचैमा तुहाँउने काम भएको भन्दै त्यसका खबरदारी आबश्यक रहेको बताउनु भयो । किसानले उब्जाएको अन्नको भाउ नपाउनु दूर्भाग्यपूर्ण अबस्था रहेको भन्दै उहाँले यस बिषयमा काग्रेस गम्भिर रहेको बताउनु भयो । उहाँले भन्नुभयो उत्पादित अन्नको खरिदको जिम्मा स्थानीय तहले लिने नीति बनाउनु पर्छ ।