काठमाडौ । पार्टी भित्रको अन्तरकलहको शिकार बनेको प्रतिनिधिशभा पुनस्थापनाको माग गर्दे नेकपा नेपाल– दहाल समुहले आज देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेका छन् । प्रतिनिधिशभा भंग गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपा नेपाल – दाहाल समुह ले निरन्तर बिरोध गरिरहेको छ । काठमाडौ उपत्यकामा तीनै बटा जिल्लाको संयोजन गरी प्रर्दशनीमार्ग स्थित भृकुटी मण्डपको मुल बाटो छकेर मञ्च बनाईएको छ ।
जहा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल , माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतलेका नेताहरुले सम्त्रोधन गर्ने छन् । प्रधानमन्त्री ओली निर्णय बिरुद्धको शक्ति प्रर्दशनका रुपमा आयोजना गर्न लागिएको बिरोध सभामा बिभिन्न आठ स्थान बाट जुलुस भृकुटी मण्डप पुग्ने छ । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने जुुलुस भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने छ ।











