• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेपाल-दाहालको शक्ति प्रदर्शन लाइभ अपडेट



काठमाडौ ।  प्रतिनिधिसभा विघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले आयोजना गरेको विरोध कार्यक्रम प्रदर्शनी मार्गमा सुरु भएको छ ।  

कार्यक्रमको अध्यक्षता नारायणकाजी श्रेष्ठले गर्नु भएको छ ।  कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल रहनु भएको छ । यसैगरी प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र अतिथिका रुपमा झलनाथ खनाल रहनु भएको छ ।   

यसै गरी अतिथिका रुपमा अमृत बोहोरा, नन्दकुमार प्रसाई र स्थायी समितिका सदस्यहरुलाई मञ्चमा बोलाइएको छ । पार्टीका निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठलाई अतिथिका रुपमा बोलाइएको छ ।