६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई नतिजा: सबैभन्दा धेरै विद्यार्थीले ल्याए २.८ देखि ३.२ जीपीए



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

यस बर्ष सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ३१३ जनाले ननग्रेड ल्याएका छन् । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ । माथिल्लो जीपीए ल्याउनेको संख्या वृद्धि भएको शर्माले बताए । १.६० जीपीएदेखि २ सम्म ६ जनाले ल्याएका छन् ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भए ।

अध्यक्ष शर्माले दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने जानकारी दिए । साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।