• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

एसईई नतिजा आज, बोर्डको बैठक बस्दै



यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दैछ । राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम् ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो ।

बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक आज नै एसईईको नतिजा सार्वजनिक हुने छ । हिजो बोर्डका पदाधिकारीहरुलाई नतिजा प्रकाशनको तयारेबारे जानकारी गराएको परीक्षा नियन्त्रण नन्दलाल पौडेलले बताए । आज बिहान बोर्डको बैठ बोलाइएको छ । बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने उनले बताए ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार व्द्यिार्थीले प्रत्येक विषयमा न्यूनतम् ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ ।

हरेक विषयमा ७५ पूर्णांकको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम् २७ अंक ल्याउनुपर्छ । उक्त अंक अर्थात १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । उनीहरुलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउँने छैन ।

निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैन ।