८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी–२० वरियताको ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेड चार स्थान सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका हुन् ।

हेडअघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका इंग्ल्याण्डका फिल साल्ट तेस्रो स्थानमा पुगेका छन् ।

त्यस्तै, पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् ।

वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् ।