• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने



काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ ।

काँग्रेसले अगामी असार १८ गते पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा फोटो प्रदर्शनी गर्न लागिएको जानकारी गराइएको हो ।

‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरु रहने केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । फोटो प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालिन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्वित गर्ने फोटोहरु राखिने उहाँले बताउनु भयो । नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोईराला लगायतका नेपाली काँग्रेसका नेताहरुले खेलेका भुमिकालाई फोटोमा उतार्ने प्रयास गरिएको उहाँले बताउनु भयो । उहाँले पार्टीको केन्द्रिय कार्यालयकै सभाहलमा हुने फोटो प्रदर्शनीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न पार्टीको अध्यक्ष तथा शिर्ष नेताहरुदेखि कुटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पनि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । बिहान ११ बजेदेखि शुरु हुने फोटो प्रदर्शनी राति ११ बजेसम्म चल्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति, केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा शान्ति प्रक्रियाका महानायक शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयको परिसरमा असार १८ गते गिरिजाप्रसाद कोईरालाको जीवनीसँग जोडेर र नेपाली काँग्रेसका नेताहरुले नेतृत्व गरेका क्रान्ति र शान्ति प्रक्रिया समेतलाई एकैपटक जनताका बीचमा जानकारी गर्ने, सन्देश दिने उद्देश्यका साथ क्रान्तिदेखि शान्तिसम्म भनेर फोटो प्रदर्शनी कार्यक्रम गर्दैछौँ । त्यही कार्यक्रमसँग जोडेर केही विषयमा विमर्श पनि गर्दैछौँ । क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्श गर्नेछौँ । १५० भन्दा बढी फोटोहरु रहनेछन् । जुन फोटोहरु २००७ सालभन्दा अगाडीका र गिरिजाबाबुसहित अन्य नेताहरुको पनि फोटो रहनेछ । १५० फोटोहरुले तीन किसिमको चरणहरुको प्रतिविम्वित गर्नेछ । एउटा क्रान्तिको बेलामा, शान्ति अथवा विकासको बारेमा र पछि शान्ति प्रक्रियासँग जोडिएका फोटोहरु हुनेछन् ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्श पनि गरिने उहाँले जानकारी दिनुभयो । क्रान्तिदेखि शान्तिसम्मको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने बताउनु भयो ।