• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु ★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु

भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?



एजेन्सी । टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा दुवै टोली फेरि एकपटक आमने सामने हुनेछन् ।

भारतीय टोली जारी विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ । अर्कोतर्फ समूह चरण र सुपर–८ मा इंग्ल्याण्डले एक–एक खेलमा हार बेहोरेको छ । रोहित शर्माको कप्तानीमा रहेको भारतले अष्ट्रेलियालाई २४ रनले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ । यो खेलमा भारतले इङ्ल्यान्डसँग अघिल्लो पराजयको बदला लिने लक्ष्य लिएको छ ।

२०२२ को टी–२० विश्वकपमा इंग्लिस टोलीले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । तसर्थ भारत विगतका गल्तीबाट पाठ सिकेर इंग्ल्याण्डलाई हराउन चाहन्छ ।

भारत र इंग्ल्याण्डबीचको खेलमा वर्षाको छायाँ परेको छ । मौसमविदका अनुसार गुयानामा बिहानै पानी पर्ने सम्भावना ७० प्रतिशत रहेको छ । साथै, तापक्रम ३१ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ । यो खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । तर, खेलको दिन वर्षा र हावाहुरीको सम्भावना छ । यस्तो अवस्थामा प्रतिस्पर्धा वर्षाको सिकार हुन सक्छ ।

टी–२० विश्वकप २०२४ मा भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएमा त्यसको फाइदा भारतीय टिमलाई हुनेछ । भारतले समूह चरण र सुपर–८ मा सबै खेल जितेको छ । सुपर ८ मा भारतले तीनवटै खेल जितेको छ । उसको खातामा ६ अंक छ भने इंग्ल्याण्डको खातामा ४ अंक छ । यस आधारमा भारत सजिलै फाइनलमा पुग्ने छ ।

यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ, जुन कम स्कोर र स्पिन मैत्री मैदान मानिन्छ । यसले फास्ट बलरलाई भन्दा स्पिनरहरूलाई धेरै मद्दत गर्दछ र ब्याट्सम्यानहरूलाई धेरै रन बनाउन धेरै संघर्ष गर्नुपरेको देखिन्छ ।

नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको नेतृत्व रहेको इंग्ल्याण्डसँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इङ्ल्याण्डले ११ खेलमा जितको स्वाद चाखेको छ ।यस्तै, टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।