४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

आज ज्यापू समाजमा योमरी  पुन्हि मनाइँदै

आज ज्यापू समाजमा योमरी  पुन्हि मनाइँदै
अ+ अ-

काठमाडौं । आज यःमरी पूर्णिमा घरमै बसेर मनाइने भएको छ । परम्पराअनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ । 

भक्तपुरमा धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ । महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यःमरी दान दिँदा जति दिएको हो अर्को वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथनअनुसार यःमरी वितरण हुन्छ ।

ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा  र्‍याली आयोजना नगर्ने भएका छन् । सोही दिन पर्ने ज्यापू दिवस पनि भीडभाड र औपचारिक कार्यक्रम नगरी मनाइने समाजले जनाएको छ । ज्यापू समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनका अनुसार टोलका वाद्य गुरु, संयोजक र समाजका स्थानीय अध्यक्षबीच मात्र भेटघाट हुन्छ ।

नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाउन सकिन्छ । राजधानीको इन्द्रचोकको गल्लीमा विगत १२ वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएकी सन्तमाया महर्जनले भन्नुभयो, ‘‘पहिला पहिला यःमरीको व्यापारमा अलिक कम भए पनि अहिले भने राम्रो छ । दैनिक पाँच सयवटासम्म यःमरी बिक्री हुन थालेको छ ।

यःमरी पूर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पाञ्चाल (पनौती) देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भीक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्माणरूपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए । उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर जानुभयो ।