४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता
अ+ अ-

दमौली । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो ।

तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । “यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ”, गुरुङले भन्नुभयो । ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उहाँको भनाइ छ । “पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ तर माग भने बढ्दो छ”, उहाँले भन्नुभयो, “निकै पौष्टिक आहार मानिने कोदोको परिकार घरवासदेखि तारे होटलसम्म माग हुने गर्दछ ।”

ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

रु ६९ लाख दाबी भुक्तानी

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जीवन बीमा दाबीवापतको रकम हस्तान्तरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित स्व सुरज लालचनको परिवारलाई कम्पनीले मङ्गलबार रकम भुक्तानी गरेको हो ।

मृतक लालचनले पाँच वर्ष अगाडि रु ५० लाखको जीवन बीमा गर्नुभएको थियो । कम्पनीले बोनससहित रु ६९ लाख पाँच हजार रकम दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर गोविन्द खड्का र नमराज क्षेत्रीले संयुक्तरुपमा स्व लालचनकी धर्मपत्नी पम्फा राम्जाली लालचनलाई हस्तान्तरण गर्नुभएको छ । सुरजको गत असोज १३ गते हृदयघातबाट मृत्यु भएको थियो ।