१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत इंग्ल्यान्ड समूह विजेता तथा डेनमार्क उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराति भएका समूह सी का चारै टोलीले गोलरहित बराबरी खेलेपछि इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

डेनमार्क र सर्बिया तथा इंग्ल्यान्ड र स्लोभेनियाले गोलरहित बराबरी खेलेका हुन् । इंग्ल्यान्ड ३ खेलबाट ५ अंकसहित शीर्षस्थानमा रह्यो ।

यस्तै डेनमार्क ३ अंकसहित दोस्रो स्थानमा रहँदा समान अंक रहेको स्लोभेनिया तेस्रो स्थानमा रह्यो । स्लोभेनियाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । सर्बिया भने बाहिरिएको छ ।