२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत इंग्ल्यान्ड समूह विजेता तथा डेनमार्क उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराति भएका समूह सी का चारै टोलीले गोलरहित बराबरी खेलेपछि इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

डेनमार्क र सर्बिया तथा इंग्ल्यान्ड र स्लोभेनियाले गोलरहित बराबरी खेलेका हुन् । इंग्ल्यान्ड ३ खेलबाट ५ अंकसहित शीर्षस्थानमा रह्यो ।

यस्तै डेनमार्क ३ अंकसहित दोस्रो स्थानमा रहँदा समान अंक रहेको स्लोभेनिया तेस्रो स्थानमा रह्यो । स्लोभेनियाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । सर्बिया भने बाहिरिएको छ ।