४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राखेप र कृषि बिकास बैंकबीच सम्झौता

राखेप र कृषि बिकास बैंकबीच सम्झौता
अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि बिकास बैंकबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता भएको हो । 

दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भन्नु भयो–सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ,यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ ।  बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुनेछ । वहाँले भन्नु भयो–लगानी गरे परिणाम आउछ, नेपाली खेलकुद रिजल्ट दिन सक्क्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरब बढाउछौं, लगानीमा हामीलाई साथ दिनुहोस् ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउदै संस्था गौरबित भएको बताउनु भयो । वहाँले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेका हौं । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बिगतलाई स्मरण गराउदै भन्नु भयो– भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पूनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ । वहाँले थप्नु भयो–केन्द्रिमा मात्र होईन्, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।

दश बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ । जसमध्ये चभखयखिष्लन प्रकृतिको कर्जा सिमा अधिकतम ५ लाख हुनेछ ।  परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिबिधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्नेछ । बैंकले छपाई गरेको टिकटमा संस्थाको ब्यवसायिक सन्देश राखिनेछ । बैंकिङ कारोवारका लािग बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।

सम्झौतामा परिषद्को तर्फबाट  बिभागिय प्रमुख कुलवहादुर थापा साक्षि  रहनु भएको थियो । सो अवसरमा राखेपका सदस्यद्धय सुवास श्रेष्ठ,सम्पन्न श्रेष्ठ,परिषद्का बिभागिय प्रमुख,शाखा प्रमुख,राखेप कर्मचारी संघ,बैंकका बरिष्ट अधिकृतलगायतको उपस्थिति रहेको थियो । सम्झोता आजकै मिति देखि १० बर्षका लागि लागू हुने छ । बैंक र परिषद्बीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको छ । यो सम्झौताका बिषय बस्तु नेपाल सरकारले जारी गरेको कानुन र भविष्यमा जारी हुने कानुन बमोजिम हुनेछ ।