२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो: सांसद खतिवडा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताउनुभयो ।

मङ्गलवार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिववाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गर्नुभयो । उहाँले ३ करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरुले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताउनु भयो । उहाँले आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बजेट अर्थमन्त्रीले पेश गर्ने अनि १०/१५ दिन छलफल गर्ने । एकले अर्कोलाई आरोप लगाउने । तर कमा, फुलस्टप केही चेन्ज नहुने प्रवृत्ति भयो भने यसले संसदीय व्यवस्था दह्रो हुँदैन । अब यसलाई परिवर्तन गर्नुपर्ने जरुरी देखिएको छ । अब परिवर्तन नगर्ने हो भने सांसदहरु संसदभित्र आएर बोल्ने, कराउने, हिड्ने । मन्त्रीहरुले आफ्ना क्षेत्रमा रकम राख्ने । आफ्नामा मात्रै होइन, श्रीमतिकोमा पनि राख्ने । जेठि सासुकोमा पनि राख्ने । ज्वाइँकोमा पनि राख्ने । आफूलाई मन्त्री बनाउने नेताकोमा पनि राख्ने । अन्त राख्दै नराख्ने । अनि समानुपातिक पद्धतीको विकास पनि हुँदैन । दुर्गममा विकास नहुने पद्धतीको विकास भयो । प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । ३ करोड भन्दा तलका योजना मुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो । तर मन्त्रीहरु अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो ।’

सांसद खतिवडाले आगामी दिनमा बजेट संशोधनसहित पारित गर्नुपर्ने बताउनु भयो ।