९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौं: अर्थसचिव मरासिनी



अर्थसचिव मरासिनी काठमाडौँ, ११ असार ः नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मङ्गलबार काठमाडौँमा आयोजना गरेको पूर्वमौद्रिक नीति छलफल कार्यक्रममा मन्तव्य राख्दै अर्थसचिव मधुकुमार मरासिनी । तस्बिर ः किरणराज विष्ट÷रासस
अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने बताउनु भयो । उहाँले अर्थमन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने बताउनु भयो । उहाँले उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनैपनि कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक नीतिमा आवश्यक सुधार गरी बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्ने बताउनु भयो । सचिव मरासिनीले राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको बताउनु भयो । उहाँले अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको अन्तिम असार महिनामा खर्च बढ्नुपर्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले सरकारले अहिलेसम्म पुँजीगत खर्च ४६ प्रतिशत भन्दा माथि गर्न नसकेको बताउनु भयो । उहाँले बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने बताउनु भयो । उहाँले बजेट रकामान्तर र भुक्तानी दिने विषयमा अर्थमन्त्रालय पारदर्शी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याडलक छ । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौ । रकम दुरुपयोग भन्ने अखबारहरुमा समाचार आउँछ अनि हामीलाई पनि केही काम गर्न लाग्दा कुन अखबारमा के लेखेको छ हर्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको अन्तिम असार महिनामा छौं । खर्च बढ्नु पर्ने बेला छ । हामीले हर्ने अहिले बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च हुँदैन । त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव र ब्याटलकलाई तिर्ने हो । नयाँलाई हामी पनि दिँदैनौं । हामी पनि पारदर्शी छौं । हाम्रो पारदर्शीता माथि धेरै प्रश्न भइरहन्छ । पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने हो । अर्थमन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानी योग्य रकमलाई प्राथमिकताका साथ हेरी रहेका छौं । त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी राख्दैनौं । आर्थिक नीतिमा कहाँ कति सुधार गर्नुपर्ने हो । त्यो गर्छौं । बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौं ।’

उहाँले आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।