६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० अन्तर्राष्ट्रियमा ‘हिटम्यान’ले बनाए यस्तो कीर्तिमान



रोहित शर्मा
अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा भारतीय टोलीले अपराजित यात्रा जारी राखेको छ । सोमबार राति सेन्ट लुसियामा भएको खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्यो ।

भारतीय कप्तान रोहित शर्माले ४१ बलमा ९२ रनको विस्फोटक इनिङ खेले । उनको इनिङ्समा ७ चौका र ८ छक्का सामेल थिए ।

‘हिटम्यानले अस्ट्रेलियाविरुद्ध ८ छक्का प्रहार गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का पूरा गरेका छन् । अब रोहितको नाममा २०३ छक्का छ, जुन यस ढाँचामा सबैभन्दा धेरै हो ।

२०० छक्का लगाउने रोहित मात्रै छन् । रोहितपछि न्युजिल्यान्डका पूर्वब्याट्सम्यान मार्टिन गप्टिलले १७३ छक्का प्रहार गरेका छन् । त्यसपछि इंग्ल्याण्डका कप्तान जोस बटलर १३७ र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल १३३ छन् ।

भारतले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार राति सवा ८ बजे सुरु हुनेछ ।