२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई



अ+ अ-

काठमाडौँ । यस वर्षको ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ ।

बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल-२०२४ मा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट राउन्डमा भरतनाट्य नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको उत्कृष्ट प्रस्तुती गर्नुभएकाले पुरस्कृत गरिएको हो ।

फलेंसाले क्लासिक कल्चर सेन्टरमा विगत पाँच वर्षेदेखि स्वजन रघुवंशी र प्रमिला श्रेष्ठसँग भरत नाट्यमा लोक तथा चर्या नृत्य सिक्नुभएको थियो । कक्षा ८ मा अध्यनरत फलेंसाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा समेत नृत्य प्रस्तुत गर्दै आउनुभएको छ ।